लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउन सर्वोच्चको तयारी
काठमाडाैं | माघ १३, २०७९
काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ ।
संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् ।
‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहसनोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’
स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’
गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

